कविता काब्य लेख्त छु
बसन्ती बाग झैँ तिम्रो रुप माधुर्य देख्तछु
नसकी बस्न म त्यसै कविता -काब्य लेख्तछु |
मेनका उर्बसी सारा तिम्रा सामु सबै फिका
लगाउछु सधै तिम्रो रुप -लावान्यको टिका
पाई स्पर्श मायाको न्यानोपनको अनुभूति
रोमान्चित हुन पुग्छु म काप्छ्न् रोम कति-कति
ब्रम्हाले पनि के सक्लान् म के सक्छु र बर्णन
गर्न म रुपको तिम्रो गर्छु यो दिल समर्पण
सुन्दरता मै छ आनन्द यसैमा शुख तृप्ती छ
बैराग्य हुन्न यसमा आभा ,कान्ति र दीप्ति छ
हराउन चाहान्छु म तिमीमा मद-होसले
कराउन चाहान्छु म प्रदीप्त भई जोसले
देविचरण भण्डारी “सरोज “